पाल्पाको बर्तुङ–गुल्मी सडक मंगलबारदेखि दैनिक १३ घण्टा बन्द भएको छ । हार्थोकदेखि मालमूल हुँदै जोर्ते खण्डमा मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । बर्तुङ–गुल्मी सडकअन्तर्गत तानसेन काजीपौवा नजिकै सडक चौडा गरिँदै ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
डिभिजन सडकका अनुसार मंगलबारदेखि कात्तिक २७ गते बिहीबारसम्म सडक बन्द हुनेछ । यस्तैगरी मंसिर २ देखि १३ गतेसम्म पनि पुनस् बन्द हुनेछ । बिहान ३ देखि ६, दिउँसो १२ देखि ४, बेलुकी ७ देखि ८ र राति ९ देखि १२ बजेसम्म सडक बन्द हुनेछ भने अन्य समयमा भने सवारी आवागमन यथावत रुपमा सञ्चालन हुने ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिए । कात्तिक २८ देखि मंसिर १ गतेसम्म तिहारको छुट्टी भएकाले काम नहुने डिभिजन सडकका सूचना अधिकारी खत्रीले जनाए । एम्बुलेन्स र अत्यावश्यक सवारीका लागि भने मिलाएर छाड्ने उनले बताए ।



JUNGLE






from the
city



२०७६ पुसमा २०७७ असार मसान्तमा सक्ने गरी ठेक्का सम्झौता भए पनि कोभिडको कारण देखाउँदै मांसिर मसान्तसम्म म्याद थप भएको छ । सडक निर्माणको जिम्मा पुरानकोट जलदेवी कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको छ । ४९ लाख बजेटमा हार्थोकदेखि रिडीसम्म ३५ हजार ५ सय ७६ घनमिटर घुम्तीमा माटो कटान गर्ने डिभिजन सडक कार्यालयले जनाएको छ । सब–बेसको काम गर्ने भए पनि बेस र कालोपत्रेका लागि भने ठेक्का भइनसकेको सूचना अधिकारी खत्रीले बताए ।