विभागिए टिम एपीएफ क्लवले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । प्रतियोगितामा एपीएफले लुम्बिनी युनाइटेडलाई तीन शुन्यको सोझो सेटमा हरायो । आजको हारसँग लुम्बिनी प्रतियोगिताबाट बाहिरीएको छ । यो जितले एपीएफलाई फाइनलमा पुग्ने संभावना कायमै रहेको छ । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–८ ले जितेको एपीएफले दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्यो । यस्तै तेस्रो सेटमा पनि एपीएफले सहज रुपमा २५–८ ले जित्न सफल भयो । यो जितसँगै एपीएफ प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185