पुरानो जर्मन ब्राण्ड बगुवार्डको नयाँ एसयूभी बीरगञ्ज आइपुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

पुरानो जर्मन ब्राण्ड बगुवार्डको नयाँ एसयूभी नेपाल आएको छ । कम्पनीले नेपालको लागि ल्याएका एसयूभी बीरगञ्ज भन्सारमा आई पुगेको हो । अघिल्लो वर्षनै नेपाल ल्याउने तयारी भएको यो एसयूभी दशैंको अवशर पारेर नेपाल आएको हो । कम्पनीको आधिकारीक वितरकको रुपमा डिएसएन ग्लोबल रहेको छ ।सन् १९१९ मा जर्मन व्यवसायी कार्ल एफ डब्ल्यू बगुवार्डले स्थापना गरेको यो कम्पनीले उत्पादन गरेका क्लासिक कारहरु निकै चर्चित रहेका थिए ।पछिल्लो दिनमा उक्त कम्पनीको स्वामित्व चिनीयाँ कम्पनीले खरिद गरेपछि एसयूभी उत्पादन सुरु गरेको हो । निकै प्रिमियम फिचरको साथ तयार भएको बगुवार्डको बीएक्स ५ मोडल अहिले नेपाल आएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसको लम्बाई ४४९० एमएम, चौडाई १८७७ एमएम र उचाई १६७५ एमएम रहेको छ । यसमा २६८५ एमएमको ह्वीलवेस दिइएको छ । बीएक्स ५ दुई इन्जिन अप्सनमा नेपाल आएको छ । जसमा १।४ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन र २।० लिटर फोर सिलिण्डर इन्जिन उपलब्ध रहने छ । टर्बो इन्जिनले अधिकतम ५५०० आरपीएममा १५० पीएस पावर र १७५० देखि ४००० आरपीएममा २५० एनएम टर्क प्रदान गर्ने छ । साथै २.० लिटर इन्जिनले अधिकतम ५००० आरपीएममा २२४ पीएस पावर र ३०० एनएम टर्क प्रदान गर्ने छ । अल ह्वील ड्राइभ सिस्टम सहितको एसयूभीमा दिइएको दुबै इन्जिनमा ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । एसयूभीमा अटोमेटिक हेलोजेन हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेल लाइट, किलेस इन्ट्री, ८ इन्चको इफोटेन्टमेन्ट सिस्टम, सिंगल जोन एसी, डायमन्ड फ्रन्ट ग्रिल, १८ इन्च अलोय ह्वील जस्ता फिचर दिइएको छ । सुरक्षाको लागि कारमा ६ एयरव्याग, भेहिकल स्टेविलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक एसिस्ट, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु