पुर्व पश्चिम् राजमार्ग अवरुद्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

रौतहट । आइतबारदेखि परेको अबिरल बर्षाका कारण सोमबार पुर्व पश्चिम् राजमार्ग अवरुद्ध भएको छ । बर्षाका कारण आएको बाढीले गर्दा सोमबार दिउँसोबाट पुर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो । अविरल बर्षाका कारण चन्द्रपुर २ स्थित लच्कामा आएको बाढिले सडक अवरुद्ध गरेको हो । सडक अबरुद्ध हुँदा ४ सय भन्दा बढी साना,ठुला सवारीसाधन अलपत्र परेका छन ।
गत असार २६ गते पनि सोही स्थानमा बाढि आएका कारण राजमार्ग अबरुद्ध भएको थियो । राजमार्गमा गुड्ने ठुला साधनलाई पालैपालो पास गराएपनि साना साधनहरु जान सक्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शैलेस न्यौपानेले जानकारी दिए । ईलाका प्रहरी कार्यालय, तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढिको अवस्था हेरेर ठुला गाडीलाई पालैपालो गरि पास गराउने गरेको न्यौपानेले जानकारी दिए ।
लच्कामा बाढीका कारण दर्जनौ मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् । पानीले निकाश नपाउँदा जिल्लाका दक्षिणी र उत्तरी भुभागका केही गाउँ डुबानमा परेका छ्न । गढिमाइ नगर पालिका,चन्द्रपुर नगरपालिका,गौर,इश्नाथ लगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेको त्यहाँका स्थानीयबासिन्दाले जानकारी दिएका छ्न ।
केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिए पछि जिल्लामा त्रास बढेको छ । गत वर्ष असार र साउनमा लगातारको बर्षा पछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो भने करोडौको क्षति भएको थियो । यस बर्षपनि बाढीका कारण समस्या आउने भन्दै जिल्लाबासी त्रसित बनेका छन् । यो हरेक बर्षामा भोग्नु पर्ने समस्या भएपनि नेपाल सरकारले समाधान खोज्नेतर्फ खासै ध्यान नदिएको भन्दै सधैं आलोचना हुने गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु