पुल्चोक क्याम्पसमा एरोस्पेस विषयको अध्यापनका लागि सरकारले दियो अनुमति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसले एरोस्पेस (हवाई तथा रकेट साइन्स सम्बन्धी) विषयको अध्यापन सुरु गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पुल्चोक क्याम्पसलाई बीईमा एरोस्पेसको नयाँ कार्यक्रम थप गर्न तथा अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति दिएसँगै यो विषयले औपचारिकता पाएको हो ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यसको जानकारी गराए । मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्वद्ध रुपमा यो विषय अध्ययन अध्यापन हुनेछ ।

यससँगै त्रिवि नेपालमा औपचारिक रुपमा एरोस्पेस विषयमा अध्ययन अध्यापन गराउने पहिलो विश्वविद्यालय बनेको छ । त्यसो त पुल्चोक इन्जिनिरिङले यो विषयमा प्रवेश परीक्षा लिएर कोर्षको अध्यापनको तयारी समेत गरिसकेको छ ।

संस्थानका डीन प्राध्यापक डा। शशिधरराम जोशीले विश्वविद्यालयको स्वीकृति प्राप्त भएसँगै कोर्षको अध्ययन अध्यापनको प्रक्रिया सुरु भएको बताए । संस्थानलाई एरोस्पेस विषयमा अध्ययन अध्यापन गर्न चीन सरकारले सहयोग उपलब्ध गराएको छ ।

डीन प्रा। डा। जोशीका अनुसार यो विषय संस्थानको मेकानिकल इन्जिनियरिङ विभाग अन्तर्गत पढाइनेछ । पहिलो वर्षको अध्यापन संस्थान तथा नेपालमै उपलब्ध जनशक्तिबाट अध्यापन हुनेछ भने पछिल्ला वर्षहरुको अध्यापनका लागि विदेशबाट जनशक्ति झिकाउने योजना बनाइएको छ ।

त्रिविको स्वीकृतिसँगै अध्ययन अध्यापनको तयारी सुरु भए पनि मन्त्रिपरिषदले भने ढिलो गरी मैगलबार मात्रै स्वीकृति दिएको हो । संस्थानको अध्ययन अध्यापनमा सघाउन नेपाली सेनाले एउटा हेलिकोप्टर सहयोग गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु