काठमाण्डौ । बिहीबार पुल्चोक भएको प्रहरी र युवाबिचको झडपमा पक्राउ परेका युवाहरुमध्ये ६ जनामा कोरोना संक्रमण भएको पाइएको छ । उक्त दिन झडपका क्रममा तैनाथ दर्जन बढी सुरक्षाकर्मीमा पनि कोरोना भेटिएको थियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उपत्यकामा कोरोना संक्रमण न्यून गर्न प्रशासनले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भएको थियो। झडपमा एक दर्जन बढी युवाहरुलाइ प्रहरीले पक्रेको छ । त्यसैगरी पत्रकारको ज्याकेट लगाएर प्रहरीलाइ ढुँगा हान्ने ब्यक्ति पनि पक्राउ परेका छन् ।