काठमाडौं । पूर्व राजपरिवारका सदस्यले शुक्रबार पूर्वरानी कोमल शाहको जन्मदिन मनाएका छन् । झापाको धुलाबारीस्थित मेची क्राउन होटलमा आयोजना गरिएको पूर्वरानी शाहको ७१ औं जन्मोत्सवमा परिवारका सबै सदस्य थिए । आमाको जन्मदिन मनाउन पूर्वयुवराज पारस शाह पनि मेची क्राउन होटलमा पुगेका थिए । उनले जन्मदिनमा खिचिएका केही तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । सम्बन्ध सुमधुर नहुदासँगै नदेखिएका हिमानी र पारस लामो समयपछि एउटै तस्बिरमा देखिएका छन् । तस्बिरमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित कोमल, पारस, हिमानी र हृदयेन्द्र शाह देखिएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तस्बिरमा पूर्णिका र कृतिका भने देखिएका छैनन् । तस्बिरमा हेर्दा पत्नी हिमानीसँग टाढिएको पारसको सम्बन्ध नजिकिएको बुझ्न सकिन्छ । आमाको जन्मदिनमा हिमानी र पारस पनि सँगै रमाएका थिए । २००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमलले शुक्रबार ७१ औँ जन्मोत्सव मनाएकी हुन् ।



JUNGLE






from the
city


