पेन्टा क्यामेरा सेटअप भएको सामसङ ग्यालेक्सी ए ७२, २०२१ को मध्यसम्ममा सार्वजनिक हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

सामसङ ग्यालेक्सी ए ७२ पछाडि भागमा पाँच वटा सेन्सरयुक्त कम्पनीको पहिलो स्मार्टफोन हुने बताएको छ । दाबी गरिएअनुसार यो स्मार्टफोन सन् २०२१ को मध्यसम्ममा सार्वजनिक हुनेछ । सामसङले पेन्टा क्यामेरा सेटअप आफ्नो फ्ल्यागशिप स्मार्टफोनबाट सुरुवात गर्ने छैन । बरु ग्यालेक्सी ए ७२ मार्फत थालिनेछ । जुन मिड रेञ्ज सेग्मेन्टमा आउने आशा गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ग्यालेक्सी ए ७२ लाई ग्यालेक्सी ए ७१ को अपग्रेडेड भर्सनको रुपमा हेरिएको छ । जुन यसै वर्षको सुरुवातसँगै बजारमा आएको थियो । दक्षिण कोरियाको प्रकाशन संस्था द एलेकको रिपोर्टमा उद्योग स्रोतको हवाला दिँदै ग्यालेक्सी ए ७२ मा पेन्टा क्यामेरा सेटअप हुने उल्लेख गरिएको छ । जसअनुसार त्यसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, तीन गुणा अप्टिकल जुमसँगै ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा, पाँच मेगापिक्सेलको म्याक्रो लेन्स र पाँच मेगापिक्सेलकै अर्को सेन्सर हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए ७२ मा अगाडितर्फ ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ । यसबाहेक ग्यालेक्सी ए ५२ लाई समेत ग्यालेक्सी ए ७२ सँगै सार्वजनिक हुने दाबी रिपोर्टमा गरिएको छ । जसमा ग्यालेक्सी ए ५१ मा जस्तै क्वाड ९चार वटा० क्यामेरा सेटअप हुनेछ । सामसङ ग्यालेक्सी ए ७२ पाँच वटा क्यामेरा सेटअप भएको विश्वकै पहिलो स्मार्टफोन भने हुनेछैन । यस अघि नै एचएमडी ग्लोबलले नोकिया नाइन पियोरभ्यूमा यस्तै किसिमका पाँच सेन्सर रहेको पेन्टा क्यामेरा सेटअप राखेको छ । पछिल्लो रिपोर्ट अनुसार ग्यालेक्सी ए ७२ मा अप्टिकल इमेज स्टेबलाइजेसन ९एआईएस० रहेको पहिलो ए सिरिजको स्मार्टफोन हुनेछ । सामसङले आउँदो वर्ष ए सिरिजका हाइ एन्ड मोडलमा ओआईएस प्रविधि ल्याउने योजना बनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु