पोखरामा पुस १० देखि फिल्म हल सञ्चालन हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पर्यटकीय नगरी पोखरामा यही पुस १० गतेदेखि व्यावसायिक रूपमा फिल्म हल सञ्चालन हुने भएका छन् । कोरोना भाइरसका कारण गत चैत पहिलो सातादेखि बन्द भएको फिल्म क्षेत्र ९ महिनासम्म बन्द हँुदा आफूहरूले ठूलो आर्थिक भार खेप्नु परेको भन्दै फिल्म हल सञ्चालनको तयारी गरेका हुन् । नेपाल चलचित्र संघसहितका केही संघ संस्थाले सरकारले यही पुस १० गतेदेखि फिल्म सञ्चालनको अनुमति नपाए पनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै देशव्यापी रूपमा फिल्म हल सञ्चालनमा ल्याउने भएका हुन् । पोखराको मिट टाउन ग्यालरीमा १ सय ७८ सिट क्षमताको एउटा र १ सय ७२ सिट क्षमताको अर्को गरी मिट टाउन सिनेमा हल यही पुस १० गतेबाट सञ्चालन गर्ने आवश्यक तयारी गरिएको फिल्म हल सञ्चालक उत्तम द्धवाले बताए । हाल कोरोनाको कारण ५० प्रतिशतमात्र सिट क्षमतामा दर्शकलाई फिल्म प्रदर्शन गराउने तयारी भएको उनको भनाइ छ । टिकट शुल्क भने पहिलाकै रूपमा रहने जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले भने, “हामीले कोरोना कहरको बाबजुद पनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पहिला मिट टाउन ग्यालरीमा फिल्म प्रदर्शन गर्न सुरु गर्छौं, त्यसको अवस्था हेरी पुनः विन्ध्यवासिनी, बाराही क र बाराही ख, श्रीकृष्ण हलसमेत खुलाउँछांैं ।” केही दिनदेखि हाल मिट टाउनमा रहेको दुईवटा हलको सरसफाइदेखि अपडेटसमेत गरिएको द्धवाले बताए । पोखरामा फिल्म क्षेत्रमा ६ वटा फिल्म हल सञ्चालन गरेको द्धवा परिवारले सामान्य अवस्थामा फिल्म क्षेत्रबाट मासिक एक करोड २० लाखसम्मको आर्थिक कारोबार गर्ने गरेको उत्तमले जनाए । पोखरा क्षेत्रकै ठूलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलभित्र रहेका दुई वटा फिल्म हल सञ्चालक भने अहिलेको अवस्थामा तत्काल फिल्म हल सञ्चालन गर्ने पक्षमा छैनन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त फिल्म हल सञ्चालक मध्यका एक गणेश श्रेष्ठले हाल फिल्म हल संचालन गर्ने विषयमा आफूहरू सरकारको आधिकारिक निर्णय वा अनुमतिको पर्खाइमा बसेको जनाए । उनले भने, “हाम्रा केही फिल्म क्षेत्रका केही संघ संस्थाको अगुवाइमा यही पुस १० देखि सञ्चालन गर्ने भनिए पनि हामीले सरकारले आधिकारिक रूपमा कुनै ग्रिन सिग्नल नपाएसम्म हतार गरेर अहिलेको अवस्थामा सञ्चालन गर्ने पक्षमा छैनौं ।” फिल्म हल बन्द हँुदा एक महिनामा करिब ३० लाखसम्म नोक्सान हुने गरेको श्रेष्ठले जनाए ।

त्यसैगरी पोखराको कल्पना सिनेमा हलमा भने अब शैक्षिक गतिविधि हुने भएको छ । उक्त हल पोखराको प्रतिभा माविले खरिद गरेसंँगै विद्यालयले अब फिल्म हललाई शैक्षिक गतिविधिको रूपमा आफूहरूले सञ्चालन गर्ने भएको प्रतिभा माविका प्रिन्सिपल विश्वगोपाल पराजुलीले बताए । विद्यालयले उक्त फिल्म हल एक वर्षअघि खरिद गरेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु