प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुलाउदैँ भारत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुलाउने भएको छ । सन् २०२१ को पहिलो दिन ९१७ पुस० बाटै भारतले प्याज निर्यात खुलाउने निर्णय भएको हो । यो निर्णयसँगै नेपालसहित प्याज आयातका लागि भारतसँग निर्भर रहेका दक्षिण एसियाली राष्ट्रका उपभोक्तालाई खुसी मिलेको छ । भारतले तीन महिनाअघि प्याज उत्पादन घटेको र आन्तरिक खपतमै उपयोग गर्ने नीति लिएर निर्यात रोकेको थियो । सोहीकारण नेपालमा प्याजको भाउ अकासिएको थियो । नेपाल प्याजमा ९० प्रतिशतभन्दा बढी परनिर्भर छ । यसमध्ये चीनबाट करिब ५ प्रतिशत मात्र प्याज आयात हुने गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बाँकी प्याजका लागि भारतमै निर्भर हुनुपर्ने बाध्यता छ ।भारतले प्याजमा प्रतिबन्ध लगाएपछि सुरुका केही दिनमा प्याज अभाव भई बजार मूल्य अकासिएको थियो, तर पछि व्यवसायीले विभिन्न बजारबाट खरिद गरी भारतीय बजारबाटै प्याज भिœयाइरहेका छन् । अहिले सरकारले निर्यात खुला गर्ने घोषणा गरेपछि आयात गर्न थप सहज हुने व्यवसायीको भनाइ छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु