५ साउन, प्युठान । प्यूठानमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि आज बिहान परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
रोल्पा रुन्टिगढी गाउँपालिका– ५ वाइजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, कविराम बस्नेत, गोवर्धन बुढामगर र ट्र्याक्टर चालक रोल्पाको त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवरको शव परिवारको जिम्मा लगाइएको जानकारी दिए ।
स्वर्गवारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२त ४२३४ नं को ट्र्याक्टर दुर्घटना हँुदा भिङ्ग्री –स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको थियो । ट्र्याक्टरमा सवारमध्ये रोल्पा रुन्टिगढी गाउँपालिका –५ का २० वर्षीय विशाल थापा भने सकुशल छन । बाटो छेउको पिलर छोपेर आफू बाँच्न सफल भएको उनले बताए ।ट्र्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।
रासस
प्युठानमा ट्र्याक्टर दुर्घटनामा परी निधन हुनेहरुको शव परिवारको जिम्मा लगाइयो
- सिम्रिक खबर
- • ६ महिना अगाडि