प्रख्यात अभिनेता रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

भारतका प्रख्यात अभिनेता रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। नयाँ वर्षमा राजनीतिक पार्टी बनाउने र यसको घोषणा ३१ डिसेम्बरमा गरिने उनको भनाइ छ। एक ट्वीट मार्फत उनले यसबारे जानकारी दिएका हुन्। तमिल भाषामा गरिएको ट्वीटमा उनले केही ह्याशट्याग पनि प्रयोग गरेका छन्। जसमा ‘अहिले नभए कहिल्यै हुँदैन’, ‘हामी बदलिन्छौं, सबै बदल्छौ’ लेखिएको छ। राजनीतिक दल खोल्ने घोषणा अघि रजनीकान्तले आफ्नो संगठन ‘रजनी मक्कल मंदरम’ का जिल्ला सचिवहरुसँग ३० नोभेम्बरमा विचार-विमर्श गरेका थिए। उक्त बैठकपछि उनले चाँडै आफ्नो दल गठनबारे घोषणा गर्ने बताएका थिए। उनको यो निर्णयको प्रशंसकहरुले स्वागत गरेका छन्। रजनीकान्तले सन् २०१७ देखि नै राजनीतिक दल खोल्ने बताउँदै आएका थिए। समय बित्दै जाँदा उनले यो विचार त्यागेको अड्कलबाजी गरिंदै आएको थियो। तर दल खोल्ने घोषणासँगै उनले तमाम शंकाहरुलाई विराम लगाइदिएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु