प्रचण्ड–माधव पक्ष आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने तयारीमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा १२ बजे बस्ने स्थायी समिति बैठकले पहिलो चरणको संघर्षको विश्लेषण गर्दै दोस्रो चरणका कार्यक्रम तय गर्ने छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड माधव पक्षले पुस १४ गते देशभर विरोध प्रदर्शन गरेको थियो । पुस १४ को कार्यक्रममा उल्लेख्य सहभागिता भएपछि यो पक्ष उत्साहित बनेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ओलीको कदमविरुद्ध गठित संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले पार्टी कार्यालय पेरिसडाँडामा १२ बजे स्थायी समिति बैठक बस्ने र ३ बजे संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद भंग गरेपछि नेकपाको मूलधारसहित अधिकांश राजनीतिक दल तथा नागरिक समाज आन्दोलनमा उत्रिएको छ । उनीहरुले ओलीको असंवैधानिक कदम सच्चिनुपर्ने एकमात्र माग राख्दै आन्दोलन थालेका हुन् । त्यसमा संसद पुनर्स्थापनाको माग अघि सारिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु