‘प्रतिनिधिसभा विघटन’ रिटहरुमाथि आज सुनुवाई हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौँ । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै परेका रिटहरुमाथि बुधबार सुनुवाई हुँदैछ। गएको बुधबारदेखि नै यी रिटमाथि सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागीतालाई लिएर आपत्ति जनाइएको थियो। पछि कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि आजका लागि पेशी तोकिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानूनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने भएका हुन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले कार्कीको ठाउँमा संवैधानिक इजलासमा रहने रोष्टरमा भएका बाँकी न्यायाधीशमध्येबाट एक जनालाई छनौट गरेर इजलास गठन गर्नेछन्। उक्त इजलासले फेरि संवैधानिक इजालबसाट निरुपण गर्ने कि बृहत इजलास गठन गर्ने भन्ने विषय टुंगो लगाउने छ। यदि संवैधानिक इजलासबाट सुनुवाइ हुने निर्क्यौल भयो भने समय रहेको खण्डमा विवाद केन्द्रित बहस बुधबारदेखि नै सुरु हुनेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अर्कोतर्फ बृहत इजलासमा सुनुवाइ हुने आदेश भएमा प्रधानन्यायाधीशको इच्छाअनुसार लगत्तै भोलि वा फेरि अर्को हप्ताका लागि पेशी तोकिन सक्छ। त्यसपछि पनि सुनुवाइलाई कति छिटो गर्ने भन्ने कुरा प्रधानन्यायाधीश राणाको हातमा रहेको छ। सर्वोच्चका एक अधिकारी भन्छन्, ‘सम्माननीय ज्यूले विवादको निरुपण तत्काल गर्ने इच्छा राखेको खण्डमा पनि विघटनको निर्णय सदर वा बदर के हुने भन्ने निर्णय कम्तिमा दुई हप्ता अघि आउन मुस्किल छ।’ अझ त्यसमाथि बहस सकेर निर्णय सुनाउने ‘निसु’ पछि राखेको खण्डमा थप समय लिनेछ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु