प्रधानमन्त्री ओलीका अनुशार आजकै मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने मन्त्रिपषिद् बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउन महत्त्वपूर्ण निर्णय गर्ने बताएका छन् । उनले कोरोना परीक्षण गर्न निजी क्षेत्रका अस्पताललाई दिने विषयको निर्णय पनि मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘लकडाउनकै सरलीकरण गर्ने विषय अथवा जनतालाई सजिलो बनाउने विषयमा, निजी क्षेत्रलाई टेस्टहरु गर्न दिइयोस् भन्ने विषय, विद्यार्थीहरुले, युवाहरुले झेल्नुपरेका समस्यालाई कसरी समाधान गर्छौ र शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिएला भन्ने विषयमा यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ’प्रधानमन्त्रीले संसदमा बुधबार विनियोजित विधेयक २०७७ माथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा भने ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले थुप्रै कुराहरुलाई समयक्रमअनुसार सहजीकरण गर्ने भन्दै कतिपय पार्टी या विज्ञहरुले दिएको सुझावका आधारमा सरकार अघि बढ्ने बताए । ‘खाली उपचार, क्वारेन्टिन, आइसोलेसन, भेन्टिलेटरको मात्र कुरा नभई समाजिक क्षेत्रका विभिन्न पक्षलाई सहज बनाउन सकिने विषयमा ठोस निर्णय गर्नेछ’ प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कोभिड(१९ रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्चको चिन्ता नगर्न सांसदहरुलाई आग्रह पनि गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु