काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् । उनले १ सय ११ औँ महिला दिवसको अवसर पारेर राखिएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेता भीम रावलाई इंगित गर्दै भने, ‘यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने ?’


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसअघि साविकको प्रचण्ड–नेपाल पक्षको नेकपाका नेता नेता भीम रावलले संसदमा वर्तमान सरकार कुन पार्टीको हो भन्दै प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ सर्वोच्च अदालतले आइतबार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेको थियो ।



JUNGLE






from the
city


