काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गर्दै दायर मुद्दाको आज सुनुवाइ हुने भएको छ। अदालतले मुद्दाको पेसी भने तोकिसकेको छैन। यसअघि हिजो सुनुवाइका लागि उक्त मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा थियो। तर, समय अभावका कारण सर्वोच्चले हिजो ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अघिल्लो दिन ‘हेर्न नभ्याइने’ सूचीमा राखिएका मुद्दाहरूको सर्वोच्चले सुनुवाइका लागि पछिल्लो दिन पेसी तोक्ने गरेको छ।
अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार रिट दर्ता गराएका हुन्। रिटमा प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ। संविधानको धारा ७७ ९१० मा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने उल्लेख भएको रिट निवेदकहरूले उल्लेख गरेका छन्।



JUNGLE






from the
city


