काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाबीच साँझ ५ बजे भेटवार्ता तय भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा हुने भेटवार्तामा दुई देशबीच आपसी हित प्रवर्द्धन, कालापानी क्षेत्रलगायतमा देखापरेका सीमा समस्याबारे कुराकानी हुने बताइएको छ । हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि हर्षवर्द्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185