काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज दिउँसो भेटघाटको तयारी भएको छ। बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिममा स्थगित भएको थियो। ‘बुधबार दुई अध्यक्ष भेट्ने भनिएको थियो । पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधन भएकाले स्थगित गरियो’ प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘आज दुई अध्यक्षबीच भेट्ने भनिएको छ। कति बेला गर्ने समय तय भईसकेको छैन। सायद दिउँसो हुन्छहोला ।’ गत शनिबार दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको थियो। चार दिनपछि बिहीबार उनीहरुबीच भेटवार्ताको तयारी भएको हो।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185