प्रभु डिजिटलको ११ सय ६६ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट, साथमा निःशुल्क टीभी सेवा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

इन्टरनेट तथा टीभी सेवा प्रदायक प्रभु डिजिटलले ग्राहकका लागि मासिक ११ सय ६६ रुपैयाँमा ३० एमबीपीएसको इन्टरनेट र प्रभु टिभी सेवा ल्याएको छ । प्रभु डिजिटलले नयाँ इन्टरनेट प्लस निस्शुल्क प्रभु आईपी टीभी प्याकेज ल्याएको छ, जसलाई स्टुडेन्ट नेटप्याक नाम दिइएको छ। यसअन्तर्गत सेवाग्राहीहरुले १२ महिनाको १२ हजार ३९० ९भ्याटसहित १४ हजार० अर्थात् एक महिनाको ११ सय ६६ रूपैयाँमा ३० एमबीपीएस इन्टरनेट तथा निशुल्क प्रभु आईपी टीभी सेवा पाउन सक्ने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसका साथै ग्राहकले डिभाइसका लागि एक हजार रुपैयाँ रिफन्डेबल शुल्क पनि तिर्नुपर्नेछ, जुन प्रयोगपश्चात ग्राहकले नै फिर्ता पाउँछन् । यो सेवा हाल ललितपुरका सेवाग्राहीहरुले मात्र लिन सक्ने प्रभु डिजिटलका सेल्स सुपरभाइजर दिलिप रसाइलीले बताए । तीन महिनाभित्र काठमाडौं र भक्तपुरमा पनि यो सेवा लिन सक्ने उनले बताए । प्रभुले राउटर, वायर तथा इन्स्टलेसन चार्ज नलिने बताएको छ । कम्पनीले मासिक भुक्तानी सेवा बन्द गरेको हुँदा सेवा इन्स्टलेसनसँगै सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु