प्रभु साह भन्छन्, जनकपुरको मुटु अस्पताललाई सुविधा सम्पन्न बनाउँ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

असार २७ रौतहट।
नेकपा प्रदेश नम्बर २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखालाई सुविधा सम्पन्न बनाउन माग गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष साहले आफ्नो फेसबुक पेज मार्फत काठमाण्डौको बाँसबारी स्थित मुटु अस्पताल सरह जनकपुरमा पनि गुणस्तरीयता र सुविधा प्रदान गर्न माग गरेका हुन । प्रदेश नम्बर २ मा प्रादेशिक शाखाको रुपमा स्थापना भएको मुटु अस्पतालमा आवश्यक भवन लगायतका पूर्वाधारको अभाव, जनशक्तिको कमी, विभिन्न स्वास्थ्य समाग्री तथा उपकरणहरुको चरम अभावका कारण सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्न कठिनाई भएको भन्दै अध्यक्ष साहले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका समेत गराएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, प्रदेश नं.२ जनकपुर शाखामा अहिलेसम्म पनि आवश्यक भवन लगायतका पूर्वाधारको अभाव, जनशक्तिको कमी, विभिन्न स्वास्थ्य समाग्री तथा उपकरणहरु नभए का कारण सेवाग्राहीहरुलाई व्यवस्थित एवं गुणस्तरीय सेवा प्रवाह गर्न विभिन्न चुनौती एवं कठिनाईहरुको सामना गर्नुपर्ने चिन्ताजनक अवस्था छ ।अध्यक्ष साहले लेखेका छन, कम्तिमा क्न्ल्ज्ऋ, बाँसबारी जतिको न्युनतम स्वास्थ्य सेवा(सुविधाहरु प्रदेश नं. २, जनकपुर शाखाबाट नै सुनिश्चितताको ग्यारेन्टी गर्न माथी उल्लेखित समस्याहरुको तुरुन्त ठोस समाधान गर्नका लागी सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
प्रदेश सरकारसंग भवन बनाईदिन माग

हृदय केन्द्र जनकपुर शाखा प्रमुख राजेश कुमार साहले प्रदेश सरकारलाई पत्र लेख्दै पूर्वाधार अभावका बिरामीलाई निकै असहज भएको भन्दै तत्काल भवनलगायतको संरचना निर्माण सुरु गर्न माग गरेका छन। तत्कालिन उपप्रधानमन्त्री एवम स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्री उपेन्द्र यादवले उदघाटन गरेको जनकपुर ब्लकले थोरै जनशक्ति र पूर्वाधार भएपनि अत्यधिक उत्यधिक बिरामीको उपचार गरेको तर अब संरचना थप्नैपर्ने दबाब रहेको पत्रमा उल्लेख गरिएको छ । तत्कालीन मन्त्री उपेन्द्र यादवले भवन बनाउने आश्वासन दिएपनि हालसम्म अस्पताल पुरानै अवस्थामा चलिरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु