प्रलोभनमा परेर भारत पु-याईएका २८ जना महिलाको उद्धार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

श्रावण ५, काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले भारतबाट लकडाउन शुरु भएपछि नेपालबाट विभिन्न प्रलोभनमा परेर भारत पुगेका २८ जना महिलाको उद्धार गरेको छ ।
तेस्रो मुलुकमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत पु-याएर बन्धक बनाएर राखिएका ६ जना महिलालाई दिल्लीको बुरारी जोरदाबाट ३० जुलाईमा उद्धार गरिएको व्यूरोले जनाएको छ ।
दिल्लीमा सक्रिय नेपाली देशभक्त आवाज र काठमाडौंको शान्ति पुनस्र्थानिा गृहसँगको समन्वयमा बेचिएका महिलाको उद्धार गरिएको व्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।
यसैगरी असार ३१ मा व्यूरोले मनिपुरबाट २१ महिलालाई उद्धार गरेर नेपाल ल्याएको छ । यस्तै ‘जन्मदिन मनाइदिने’ भनेर ललाई–फकई काभ्रेको पनौतीकी ईशा श्रेष्ठको समूहले १३ बर्षिया किशोरीलाई भारत पुर्याएकोमा व्यूरोले जेठ २९ मा उनको पनि उद्धार गरेको थियो ।
मानव तस्करको गिरोहले भारत लैजाँदै गरेका १३ जनालाई नवलपरासी, कैलाली, सुनसरी र चितवन लगायतका जिल्लाबाट समेत उद्धार गरेको छ ।
बेचविखनमा संलग्न आरोपीहरुबारे अनुसन्धान भईरहेको व्यूरोले जनाएको छ । लकडाउन अवधिमा भारतमा नेपाली पुर्याउने १३ जनालाई पक्राउ गरिएको एसपी थपलियाले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु