काठमाडौं । प्रविधिसँग सम्बन्धित विभिन्न किसिमका सेवाहरु बिक्री गरेर नेपालले चार महिनामा करिब ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०७७र७८ को पहिलो चौमासिकको तथ्यांक अनुसार नेपालले दूरसञ्चार, कम्प्यूटर र सूचनासँग सम्बन्धित सेवाहरु बिक्री गरेर ५ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको हो । यद्यपि यो अघिल्लो आर्थिक बर्षको तुलनामा भने कम हो । गत आर्थिक बर्षको कात्तिकसम्म नेपालले यहीं शीर्षकमा ६ अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेपालबाट यहीं शीर्षकमा विदेश पनि पैसा गएको देखिन्छ । चालु बर्षको कात्तिकसम्म नेपालबाट ६३ करोड रुपियाँ दूरसञ्चार, कम्प्यूटर तथा सूचना सेवाका लागि बाहिरिएको तथ्यांकले देखाउँछ । दूरसञ्चारमा खासगरी विदेशबाट नेपाल भित्रने कलबापत आम्दानी हुने गर्छ । कम्प्यूटर तथा सूचना सेवा अन्तर्गत खासगरी सफ्टवेयर निर्माणको कामबापत आउटसोर्सिङ्का रुपमा नेपालले आम्दानी गर्दै आएको छ ।



JUNGLE






from the
city


