प्रहरीले बरामद गरेको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

श्रावण १३, काठमाडौं । मंगलबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ ।
ज्ञवालीका अनुसार विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताए । यस्तै प्रहरीले गोली नभएको दुई पेस्तोल पनि बरामद गरेको छ ।
प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा मंगलबार बिहान ९ बजेको समयमा काठमाडौंको कमलादीबाट महेन्द्र शालिकतर्फ जाने सडक खण्डमा चेकजाँच गर्दा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको बा ६ च ५५११ नम्बरको स्कार्पियो सवारी रोक्दा खोज्दा गाडीबाट सेतो रङको कपडाको झोला फ्याँकिएको थियो भने गाडीसहितको मानिस भाग्न सफल भएका थिए ।
सो झोला हेर्दा नक्कली सुन र दुई पेस्तोल तथा दुईथान म्यागजिन बरामद भएको हो । फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु