काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि कार्यालय बोलाएको जानकारी दिए । प्रतिनिधिसभा सदस्य जस्तो जिम्मेवार व्यक्ति उपस्थित हुनेमा आफू विश्वस्त रहेको उनले बताए । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
केही दिनअघि झाँक्रीले गोरखा पुगेर संसद विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई शितलनिवासबाट निस्केर बालकोट जान भनेकी थिइन् । त्यस्तै उनले बुधबार राजधानीमा भएको प्रचण्ड नेपाल समूहको जनसभामा भनेकी थिइन्, ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ । बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं । प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’



JUNGLE






from the
city


