प्रिमियम सिरिजको उत्पादनको रुपमा आईफोन ट्वेल्भ यही अक्टोबरमा सार्वजनिक हुने

आईफोन ट्वेल्भ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एप्पलको बहुप्रतिक्षित स्मार्टफोन आईफोन ट्वेल्भ सिरिजका नयाँ फोन आउँदो अक्टोरबरको अन्त्यतिर सार्वजनिक हुने जानकारी बाहिरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ट्रेन्ड फोर्सको रिपोर्ट अनुसार प्रिमियम सिरिजको उत्पादनको रुपमा आईफोन ट्वेल्भ सिरिजका फोन यही अक्टोबरमा सार्वजनिक हुनेछन् । जसमा आईफोन ट्वेल्भ, आईफोन ट्वेल्भ म्याक्स, आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्स समावेश छन् ।

यसअघि यो फोन सेप्टेम्बरमा सार्वजनिक हुने उल्लेख गरिएको थियो । तर, कोरोनाका कारण स्मार्टफोन उत्पादन ढिलाइ हुँदा सार्वजनिक हुने मितिमा परिवर्तन भइरहेको छ ।

फाइभजी फोनको रुपमा बजारमा आउने फोनमा ए १४ प्रोसेसर र एमोलेड डिस्प्ले रहने छ । आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिको संयोजनको रुपमा हेरिएको यो फोनमा फेस आईडी लक सुविधा पनि उपलब्ध हुनेछ ।

आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ म्याक्समा दुई वटा रियर क्यामेरा हुनेछन् । साथै आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्समा १२ मेगापिक्सल सेन्सर सहितको तीनवटा रियर क्यामेर रहने बताइएको छ ।

रिपोर्टका अनुसार आईफोन ट्वेल्भको मूल्य ६९९ देखि ७४९ अमेरिकी डलर पर्नेछ । त्यस्तै आईफोन ट्वेल्भ म्याक्सको मूल्य ७९९ देखि ८४९ अमेरिकी डलर, आईफोन ट्वेल्भ प्रोको मूल्य १०४९ देखि १०९९ अमेरिकी डलरको बिचमा हुनेछ । साथै आईफोन ट्वेल्भ प्रो म्याक्सको मूल्य ११४९ देखि ११९९ अमेरिकी डलरको बिचमा हुने उल्लेख गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु