प्रिमियर लिग फुटबलमा फुलह्यामले पहिलो जित निकालेको छ । फुलह्यामले लिगको सातौं खेलमा वेस्ट ब्रोमलाई पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा फुलह्यामले वेस्ट ब्रोमलाई २(० गोलले पराजित गरेको हो । फुलह्यामको जितका लागि बोबी रेइद र ओला एइनाले एक एक गोल गरेका हन् । खेलमा भएका दुवै गोल फुलह्यामले पहिलो हाफमा गरेको थिए । खेलको २६औं मिनेटमा रेइदले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले एलेकजान्दर मिट्रोभिचको पासमा गोल गरेका हुन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यस्तै ३०औं मिनेटमा ओलाले गोल गर्दै पहिलो हाफमा फुलह्यामको अग्रता दोब्बर पारे । उनका लागि पनि मिट्रोभिचले नै पास उपलब्ध गराएका थिए । दोस्रो हाफमा भने दुवै टोलीबाट थप कुनै गोल हुन नसक्दा फुलह्यामले खेल २(० ले जितेको हो । यससँगै फुलह्यामले सात खेलबाट पहिलो जित निकालेको छ । यसअघि एक खेल बराबरी खेल्दा फुलह्यामले पाँच खेलमा हार व्यहोरेको थियो । फुलह्यामले लिगमा ४ अंक जोडेको छ । त्यस्तै पराजित वेस्ट ब्रोमले सात खेलबाट तीन अंक जोडेको छ । वेस्ट ब्रोमले तीन खेल बराबरी खेल्दा चार खेलमा हार व्यहोरेको छ ।



JUNGLE






from the
city


