अभिनेत्री प्रियंका चोपडाको पहिलो आत्मसंस्मरण ‘अनफिनिस्ड’ द न्यूयोर्क टाइम्सको सर्वश्रेष्ठ बिक्री हुने किताबको सूचीमा परेको छ। प्रियंकाले इन्स्टाग्राममार्फत सो कुरा खुलाउँदै आफ्नो पाठकहरूलाई धन्यवाद ज्ञापन गरेको हिन्दुस्तान टाइम्सले छापेको छ। इन्स्टाग्राममा किताबको छोटो भिडिओ पोस्ट गर्दै प्रियंकाले लेखेकी छन्, ‘एक हप्ताभन्दा कम समयमा यस्तो भयो। द न्यूयोर्क टाइम्सको सर्वाधिक बिक्री१ मलाई साथ र सहयोग गर्नुहुने हरेकलाई धन्यवाद। ह्यासट्याग अनफिनिस्ड। असाध्यै आभारी।’ बलिउड हुँदै हलिउड पुगेकी अभिनेत्री प्रियंका चोपडाले गत मंगलबार, फेबुअरी ९ मा आफ्नो पहिलो आत्मकथा किताब ‘अनफिनिस्ड’ सार्वजनिक गरेकी हुन्। पछिल्लो समय प्रियंका फिल्म ‘द ह्वाइट टाइगर’का कारण पनि चर्चामा छिन्। रमिन बहरानी निर्देशत फिल्म नेटफ्लिक्सबाट सार्वजनिक भएको हो। फिल्मका उनी निर्मातासमेत हुन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185