काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस संग्राहलय स्थापनाका लागि सामाग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको छ । काउन्सिलले आज सूचना जारी गर्दै संग्राहलयका लागि सञ्चारसँग सम्बन्धित सामाग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको हो । सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले संग्राहलयको स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिए। सूचना जारी भएसँगै संग्राहलयका लागि सामानको खोजी प्रारम्भ अघि बढेको हो । काउन्सिलले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन, अनुसन्धानमा सघाउ पुर्याउने उद्देश्यले प्रेस संग्राहलय स्थापना गर्न थालेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिरलगायतका सामाग्री रहेका छन् । सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सःशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।



JUNGLE






from the
city


