बेलायतका अस्पतालमा गरिएका परीक्षणले कोरोना संक्रमणको सम्भावित उपचारविधिको रूपमा हेरिएको ‘रगत प्लाज्मा’ले बिरामीको मृत्यु हुने जोखिम नघटाएको देखाएका छन्। यो विधिअन्तर्गत कोरोना संक्रमण निको भएका व्यक्तिको शरीरबाट रगतको प्लाज्मा निकालिन्छ र गम्भीर अवस्थाका संक्रमितको शरीरमा हालिन्छ। त्यसो गर्दा उसको प्रतिरक्षा प्रणाली बलियो बन्ने र भाइरसलाई जितेर निको हुन मद्दत पुग्ने अपेक्षा गरिन्छ।तर बेलायतका १० हजार ४ सय बिरामीमा गरिएको अध्ययन तथा कोरोना संक्रमणका कारण भएका १ हजार ८ सय ७३ मृत्युको विश्लेषण गर्दा प्लाज्मा उपचारले ‘कुनै उल्लेखनीय भिन्नता नपारेको’ तथ्य प्राप्त भएको हो। यो नजिताले कोरोना संक्रमण निको भएका व्यक्तिबाट प्लाज्मा संकलन अभियान चलाएको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस तथा अनुसन्धानकर्तालाई आघात पुर्याएको छ।योसँगै प्लाज्मा संकलन/दान तथा परीक्षण सबै बन्द गरिएको बीबीसीले जनाएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185