फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बतायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ ।
फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन पूरै विश्वको कारखानाको रुपमा रहने छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

होन होइ प्रिसिजन इन्डस्ट्री अर्थात् फक्सकनका अध्यक्ष योंग लिउले भनेका छन्, ‘फक्सकनका लागि अझै पनि चीनले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । तर विश्वकै कारखानाका रुपमा रहने चीनका दिन सकिएका छन् ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रिपोर्ट अनुसार फक्सकन कम्पनीले चीनभन्दा बाहिर आफ्नो उत्पादन क्षमता विस्तार गरिरहेको छ । कम्पनीको कूल उत्पादनमध्ये चीनबाहिर हुने उत्पादन अहिले ३० प्रतिशत पुगेको छ, जबकी गत जुन महिनामा उक्त हिस्सा केवल २५ प्रतिशत थियो । यो अनुपात आगामी दिनमा झनै बढ्नसक्ने उनले बताए ।

यद्यपि चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धको मारमा फक्सकन कम्पनी समेत पर्ने देखिन्छ । सोही कारण कम्पनीले दुईवटा आपूर्ति श्रृंखलाको निर्माणमा काम गरिरहेको छ, जसमध्ये एउटा चीनका लागि र अर्को अमेरिकाका लागि ।
सोही मुताविक फक्सकनले अमेरिकाको विस्कन्सिनका साथै मेक्सिको, ब्राजिल र दक्षिणपूर्वी एसियामा आफ्नो लगानीमा वृद्धि गरिरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु