फरहान अख्तर अभिनीत चलचित्र ‘तुफान’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतमा सय प्रतिशत सिट क्षमतामा हलहरु सञ्चालन गर्न अनुमति दिइसके पनि अभिनेता फरहान अख्तर अभिनीत चलचित्र ‘तुफान’ भने हलमा नभई डिजिटल प्लेटफर्ममा नै रिलिज गर्ने तयारी गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एक स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले लेखेको छ, “तुफानले सुरुमा २०२० सेप्टेम्बरमा रिलिज गर्ने अपेक्षा गरिएको थियो । यद्यपि, लकडाउन भएपछि भने चलचित्रको रिलिज अनिश्चितकालका लागि होल्ड गरिएको थियो । अन्ततः निर्देशक राकेश ओमप्रकाश मेहरा र निर्माताहरु यसलाई हलमा नभई सिधै ओटीटी प्लेटफर्ममा रिलिज गर्ने निर्णयसहित आएका छन् । योसँगै स्पष्ट हुन्छ कि अब तुफान सिधै अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सोही स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले अगाडि लेखेको छ, “हलहरु भर्खरै खुल्न थालेका छन्, हलको व्यापार पहिलेजस्तै सामान्यमा फर्कन अझै समय लाग्नेछ । यसरी अनिश्चित वातावरण भएको हलमा चलचित्र रिलिज गर्नु भनेको चलचित्रको व्यापारमा हानि हुनु हो । त्यस्तै, अर्कोतर्फ डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्दा चलचित्र निर्माताहरु सुरुको खर्च भए पनि कभर हुनेमा निश्चित छन् ।” यस चलचित्रमा अभिनेता फरहान बक्सरको मुख्य भूमिकामा देखिँदै छन् । उनका साथै चलचित्रमा मृणाल ठाकुर र परेश रावलको पनि अभिनय रहनेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु