अमेरिकाको फाइजर र जर्मनको बायोनटेक कम्पनीले संयुक्त रूपमा विकास गरेको कोरोना खोपको तेस्रो अर्थात् अन्तिम परीक्षणमा ९५ प्रतिशत प्रभावकारी पुष्टि भएको छ। कम्पनीका अनुसार वृद्ध उमेरका मानिसका लागि समेत खोप उपयोगी छ। यो खोपका कुनै गम्भीर साइड इफेक्ट पनि देखिएको छैन। यही वर्ष (सन् २०२०- यो भनेको अब डेढ महिनाभित्र) खोपको ५ करोड डोज उत्पादन गर्ने तयारी गरिएको छ। तेस्रो चरणको खोप परीक्षणमा सहभागी व्यक्तिलाई पहिलो डोज दिएको २८ दिनपछि कोरोनाबाट ९५ प्रतिशत सुरक्षा दिएको पाइएको हो। कम्पनीका अनुसार खोप प्रभावकारी देखिएसँगै अब अमेरिकाको नियामक निकाय यूएस फुड एन्ड ड्रग एडमिनेस्ट्रेसन (यूएसएफडीए) ले आपतकालीन प्रयोगका लागि अनुमोदन गर्ने सम्भावना छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसरी गरियो परीक्षण
फाइजरद्वारा निर्मित खोपको तेस्रो चरणको चिकित्सकीय (मानिसलाई लगाएर हेर्ने) परीक्षण गत जुलाई २७ मा सुरु गरिएको थियो। जसमा ४३ हजार ६६१ जना सहभागी भएका थिए। उनीहरूलाई २ समूहमा विभाजन गरिएको थियो। पहिलो समूहलाई सलाइन पानी दिइयो भने दोस्रो समूहलाई खोप लगाइयो। तीमध्ये दुवै समूहका गरेर १७० जनाका कारोना संक्रमणका सुरुवाती लक्षण देखिए। त्यसको अध्ययन गर्दा १७० बिरामीमध्ये १६२ जना खोप नलगाइएका अर्थात् सलाइन पानी मात्र चढाइएका व्यक्ति थिए भने ८ जना मात्र खोप लगाइएका थिए। अर्थात् खोप लगाएकामध्ये एकदमै कम मानिसलाई मात्र कोरोनाले असर गर्न सक्यो।



JUNGLE






from the
city


