नोकियाले आफ्नो पहिलो फाइभजी स्मार्टफोन नोकिया ८.३ फाइभजी सार्वजनिक गरेको छ । यसको प्रि अर्डर भोलि बिहीबारदेखि जेबी हाईफाई, अमेजन लगायतबाट गर्न सकिने कम्पनीले जनाएको छ । ६/६४ जीबी र ८/१२८ जीबी भेरियन्टमा आउने यो फोन प्रिबुक गर्दा प्रयोगकर्ताले नयाँ नोकिया पावर इयरबर्ड्स लाइट प्राप्त गर्नेछन् । साथमा कम्पनीले ग्राहकलाई गुगल वानमा ६ महिनाका लागि १०० जीबी अनलाइन स्टोरेज निस्शुल्क दिने घोषणा गरेको छ । फोनको मूल्य ५९९ युरोबाट सुरू हुने जनाइएको छ । अमेजनमा यसको मूल्य ६९९ अमेरिकी डलर राखिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
फोनमा ६.८१ को फुल एचडी प्लस डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, अक्टाकोर क्वालकम स्न्यापड्रागन ७६५जी प्रोसेसर, क्वाड क्यामेरा ९६४ मेगापिक्सेलको मुख्य सेन्सर०, एन्ड्रोइड टेन अपरेटिङ सिस्टम, ४५ सय एमएएचको शक्तिशाली ब्याट्री लगायतका विशेषता छन् । कुनै समय कीप्याड मोबाइलमा एकछत्र राज गरेको कम्पनी पछिल्लो समय स्मार्टफोनको दुनियामा सुस्ताएको छ । नयाँ प्रविधिलाई समयमै ग्रहण गर्न नसक्दा आफ्नो बजार गुमाएको कम्पनीले अब भने नयाँ प्रविधिलाई अन्य ब्राण्डसँगै उतारेको छ ।६ महिनाको तयारीपछि मात्र ग्लोबल सेलका लागि नोकिया ८।३ फाइभजी उत्रिएको छ ।



JUNGLE






from the
city



यसैबीच जेम्स बोण्डको २५ औं फिल्म ‘नो टाइम टु डाई’ की अभिनेत्री लासाना लिन्चले नोकिया ८।३ फाइभजी लिएको दृश्य सार्वजनिक भएको छ । यो नोकिया फोनको अभिभावक कम्पनी एचएमडी ग्लोबल मार्केटिङ अभियानको एउटा हिस्सा हो । लासानाको उक्त शूट आइकोनिक पाइनहूड स्टुडियोमा लिइएको थियो । विस्फोट भएर तहसनहस भएको धुँवा उडिरहेको परिदृश्यमा नोमी नामको लिन्चको पात्र उभिएकी छिन् । उनको पछाडि एउटा कार छ भने साथै नोकियाको नयाँ फोन नोकिया ८.३ फाइभजीलाई पनि उनीसँगै फिचर गरिएको छ ।‘द अन्ली ग्याजेट यु एभर निड’ भनेर सो स्मार्टफोनलाई फिचर गरिएको छ। उक्त फोटो लिनका लागि बेन म्याकलिन नौ मिटरसम्म हावामा उडेका थिए । एचएमडी ग्लोबल जेम्स बोण्डको २५ औं फिल्म ‘नो टाइम टु डाई’ को आधिकारिक फोन पार्टनर बनेको छ ।