फिचरहरु सबै एउटै भएको हिरो र होन्डाको दुई मोटरसाइकलको मूल्यमा ३२ हजार फरक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

होन्डा र हिरो एक अर्काका प्रतिस्पर्धी ब्राण्ड हुन् । कुनै समय यी दुबै कम्पनीको साझेदारी रहेको थियो । ब्राण्ड नेम थियो ‘हिरो होन्डा’ । लामो व्यवसायीक सहयात्रापछि छुट्टिएका यी दुबै कम्पनी अहिले भारतमा आक्रमकरुपमा मोटरसाइकल र स्कुटर उत्पादनमा लागेका छन् । हिरो मोटरसाइकल उत्पादनमा अगाडि रहेको छ भने होन्डा स्कुटर सेग्मेन्टमा अगाडि रहेको छ । अहिलेपनि भारतमा सर्वाधिक दुई पाङ्ग्रे सवारी बिक्री गर्ने कम्पनीको शिर्ष दुई स्थानमा हिरो र होन्डा नै रहेका छन् । यद्यपी यो रेसमा होन्डाको तुलनामा हिरो निकै अगाडि रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालको सवालमा हिरोको तुलनामा होन्डा निकै अगाडि रहेको छ । हिरोले गर्ने सबै बिक्रीको तुलनामा होन्डाले स्कुटरको एउटै मोडल बिक्री गर्ने गरेको छ । यद्यपी हिरोले पछिल्ला दिनमा नयाँ नयाँ मोडल ल्याएर आफ्नो बजार बिस्तारमा लागि परेको छ । ज्योति समूह अन्तर्गतको दुई छुट्टा छुट्टै कम्पनी स्याकार ट्रेडिङले होन्डा र नेपाल जनरल मार्केटिङले हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएका छन् । यस्तोमा यी दुबै कम्पनीले बिक्री गर्दै आएका १५० सीसी सेगमेन्टका दुई मोटरसाइकल होन्डा यूनिकर्न १५० र हिरो एचिभरको तुलनात्मक भिन्नता यहाँ हामीले प्रस्तुत गरेका छौं ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

इन्जिन र पावर
दुबै मोटरसाइकलमा १४९ सीसी क्षमताको सिंगल सिलिण्डर एयरकुल्ड इन्जिनको प्रयोग गरिएको छ । एचिभरमा प्रयोग भएको इन्जिनले १३ बीएच पावर प्रदान गर्छ भने युनिकर्नमा प्रयोग भएको इन्जिनले १२।७ बीएच पावर प्रदान गर्छ ।

साइज
हिरो एचिभरको लम्बाई २०६० एमएम, चौडाई ७६३ एमएम र उचाई १०८६ एमएम रहेको छ । यसमा १२९० एमएमको ह्वीलवेस र १६० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । त्यस्तै यूनिकर्नको लम्बाई २०९२ एमएम, चौडाई ७५६ एमएम र उचाई ११०० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १७९ एमएम रहेको छ भने ह्वीलवेस १३३६ एमएम रहेको छ ।

ह्वील र ब्रेकिङ
होन्डा यूनिकर्नमा १८ इन्चको अलोय ह्वील दिइएको छ भने अगाडि चक्कामा २४० एमएमको डिस्क ब्रेक र पछाडि चक्कामा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । हिरोले पनि एचिभरमा १८ इन्चको अलोय ह्वील दिएको छ । यसमा पनि अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक रहेको छ ।

क्लच र गियरबक्स
ट्यूबलर डायमन च्याचिसमा बनेको हिरो एचिभरमा मल्टी प्लेट वेट टाइप क्लच दिइएको छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ । होन्डा यूनिकर्नमा पनि मल्टी क्लच प्लेट, डायमन चयाचिस र ५ स्पीड गियरबक्स रहेको छ ।

सस्पेन्सन
होन्डा यूनिकर्नको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । हिरो एचिभरमा अगाडि टेलिस्कोपिक हाइड्रोलिक शक एब्जर्बर र पछाडि स्वीङआर्म सस्पेन्स दिइएको छ ।

मूल्य
हिरो एचिभरको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ भने होन्डा युनिकर्नको मूल्य २ लाख ६१ हजार ९०० रुपैयाँ रहेको छ ।

स्कीम
होन्डाले १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याजदर स्कीम चलाई रहेको छ । यस्तोमा ग्राहकले विभिन्न स्कीम मध्य कुनै एक स्कीम छनोट गरेर होन्डा यूनिकर्न किन्न सक्ने छन् । त्यसैगरि हिरोले सून्य प्रतिशत डाउन पेमेन्ट र सून्य प्रतिशत व्याजदरको दुई स्कीम ग्राहकलाई दिइरहेको छ । कम्पनीको अफर अनुसार सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल किन्नेले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्छ भने सून्य प्रतिशत डाउन पेमेन्टमा किन्नेले १५ प्रतिशत व्याजदर तिर्नु पर्ने हुन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु