फेसबुकले अष्ट्रेलियाको समाचार पेजमाथि लगाएको प्रतिबन्ध हटाउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाको समाचार पेजमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । मंगलबार फेसबुकले यस्तो घोषणा गरेको हो । अष्ट्रेलियामा फेसबुकले गत बिहीबारदेखि समाचार साइटमा प्रतिबन्ध लगाउँदै आएको छ । अष्ट्रेलियाले समाचार कन्टेन्टबाट हुने आम्दानीको हिस्सा मिडिया कम्पनीहरुसँग बाँड्नुपर्ने नियम ल्याएसँगै फेसबुकले समाचार पेजमाथि प्रतिबन्ध लगाएको थियो । अष्ट्रेलियाका ट्रिएजर जोस फ्रिडेनबर्गले अष्ट्रेलियामा आगामी दिनमा फेसबुकको समाचार पेजमाथिको प्रतिबन्ध हट्ने बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अष्ट्रेलियाले भने अहिले ल्याइएको नियम प्रविधि कम्पनी र सञ्चारमाध्यमबीच समाचारको मूल्यको विषयमा स्वच्छ वार्ताको लागि अघि सारिएको बताएको छ । यसअघि फेसबुकले र गुगलले यो नियमको विरोध गर्दै अष्ट्रेलियामा आफ्नो सेवा बन्द गर्ने चेतावनी दिएका थिए । तर, गुगलले भने गत साता स्थानीय सञ्चारमाध्यमहरुसँग भुक्तानीको लागि सम्झौता गरेको थियो । फेसबुकले भने अष्ट्रेलियामा समाचार कन्टेन्ट नै बन्द गर्ने निर्णय गरेको थियो । फेसबुकको यो निर्णयको चौतर्फी आलोचना भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु