फेसबुक र ट्वीटरले ट्रम्पको पोस्टलाई चेतावनी दिँदै लगाइदियो लेबल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

अमेरिकी संचार माध्यम फक्स न्युजले एरिजोनामा बाइडेनले जित हात पारेको भन्ने घोषणा गर्नेबित्तिकै राष्ट्रपति ट्रम्पले, डेमोक्रेट्सहरुलाई चुनावमा धाँधली गरेको र मत चोरेको भन्ने आधारहिन दाबी गरेका हुन् । यससँगै फेसबुक र ट्वीटरले उनको पोस्टलाई चेतावनी दिँदै लेबल लगाइदिएका छन् । उक्त पोस्टमा ट्रम्पले निर्वाचनको आधिकारिक नतिजा नआउँदै आफूले जितिसकेको भन्ने समेत दाबी गरेका छन् । अमेरिकी समय अनुसार मंगलबार राति ट्रम्पले आफूले ‘ठूलो जित हात पारेको’ घोषणा गरेका थिए र यसबारे आफूले सम्बोधन गर्ने समेत जनाएका हुन् । यस्तोमा फेसबुक र ट्वीटरले उनका पोस्टमा लगाइदिएको चेतावनीपूर्ण लेबलमा चुनावको गणना अझै नसकिएकाले राष्ट्रपतिको दौडामा विजयी घोषित भइसकेको छैन भनेर व्याख्या गरिएको छ । सो लेबलमा एउटा लिङ्क पनि जोडिदिइएको छ जसले प्रयोगकर्तालाई ‘भोटिङ इन्फरमेसन सेन्टर’ को पेजमा पुर्याउनेछ । यस मार्फत प्रयोगकर्ताहरुले निर्वाचन सम्बन्धी सहि जानकारी प्राप्त गर्न सक्नेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ट्रम्पले फेसबुक र ट्वीटर दुवै संजालमा त्यस किसिमका गलत दाबी गरेका हुन् । ट्वीटरको लेबलमा उनले लेखेको कुरा गलत र विवादास्पद भएको भनेर चेतावनी दिइएको छ । ट्वीटरका प्रवक्ताले यसबारे भनेका छन्, “यो हाम्रो नितीको विपरित कार्य हो त्यसैले हामीले त्यसमा चेतावनी दिनुका साथै सो ट्वीटमा अन्य प्रयोगकर्तालाई संलग्न हुनमा पनि कडाइ गरिदिनेछौँ ।” फेसबुकले भने हाल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । ट्वीटरले यसअघि पनि धेरैपटक ट्रम्पका विवादास्पद पोस्टहरुमा लेबल लगाइसकेको छ तर फेसबुकका लागि यो पहिलोपटक हो । ट्वीटरले राखिदिएको लेबलमा चाहिँ एउटा ‘एक्सक्लामेसन पोइन्ट’ पनि रहेको छ जसमा ‘क्लिक’ गर्दा प्रयोगकर्ताहरुले चुनावबारे स्पष्ट जानकारी पाउन सक्नेछन् र ट्रम्पले भनेका कुरा सत्य होइनन् भन्ने थाहा पाउन सक्नेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु