फेसबूकले ह्वाट्सयापका लागि डिसअपीयरिङ मेसेज ल्याउने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

फेसबूकले ह्वाट्सयापका लागि डिसअपीयरिङ मेसेज ल्याउने घोषणा गरेको भने यस्तै फीचर मेसेन्जरका लागि पनि जारी गरेको छ । अनि इन्स्टाग्राममा पनि भ्यानिश मोड आउनेछ । मेसेन्जरमा भ्यानिश (गायब) मोड कुनै कुनै देशमा मात्र अप्डेटमार्फत दिइएको छ । तर यसलाई छिट्टै सबैतिर फैलाउन खोजिँदैछ । फेसबूकले आफ्नो आधिकारिक ब्लगमा लेख्यो, ‘मेसेन्जरमा भ्यानिश मोड जारी गर्न पाउँदा हामी उत्साहित छौं । यस अन्तर्गत तपाईंले आफैं गायब हुने मेसेज पठाउन सक्नुहुन्छ । तपाईंले इन्बक्समा मेसेज देखेर च्याटबाट हट्नेबित्तिकै मेसेज आफैं गायब हुन्छन् ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मेसेन्जरमा अप्डेट दिएपछि च्याट थ्रेडमा स्वाइप अप गर्दा तपाईं भ्यानिश मोडमा पुग्नुहुनेछ । फेरि स्वाइप गर्दा नर्मल मोडमा आइपुग्नुहुनेछ । यसले टेक्स्ट मात्र नभई जीआईएफ, स्टिकर्स र फोटोहरू पनि आफैं गायब बनाइदिन्छ । ह्वाट्सयापमा भएको यस्तो फीचरले सात दिनमा आफैं मेसेज डिलिट गरिदिन्छ । मेसेन्जरमा एकअर्कासँग कनेक्ट भए मात्र भ्यानिश मोड प्रयोग गर्न मिल्छ । कुन कन्ट्याक्टसँग भ्यानिश मोड एन्टर गर्ने भन्ने कुरा सेलेक्ट गर्न मिल्छ । भ्यानिश मोडमा कसैले स्क्रीनशट लियो भने त्यसको नोटिफिकेसन पनि तपाईंलाई आउँछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु