लैंगिक हिंसा विरुद्ध फोनबाटै कानूनी सहायता र परामर्श सेवा उपलब्ध गराउन थालिएको छ । राष्ट्रिय महिला आयोगबाट सञ्चालित हेल्पलाइन सेवा अन्तर्गत यस्तो सेवा दिन थालिएको हो । आयोगले हेल्पलाइन सेवाको रुपमा टोलफ्री नम्बर ११४५ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत कानूनी सहायता तथा परामर्श केन्द्रद्धारा कानूनी परामर्श उपलब्ध गराउन थालिएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस्तो कानूनी परामर्श सेवा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उपलब्ध गराइने आयोगले जनाएको छ । महिला हिंसा बिरुद्धका घटनाको बारेमा ११४५ मा निःशुल्क रुपमा फोन गरी टिपाउन सकिनेछ भने कानूनी सहायता तथा परामर्शका लागि सोझै अधिवक्ताहरुलाई फोन गर्न सकिनेछ । जसअनुसार अधिवक्ता पूण्यशिला दवाडीलाई ९८४१४३७९४९ मा, अधिवक्ता शकुन्तला बस्नेतलाई ९८४१६४४५१५ मा, अधिवक्ता चण्डेश्वरी तण्डुकारलाई ९८४१२०२२७५ र अधिवक्ता अन्जना न्यौपानेलाई ९८६०४८९४०३ मा फोन गर्न सकिनेछ ।



JUNGLE






from the
city


