फोर्डको दशैं तिहार लक्षित अफर सार्वजनिक, ७५ हजार नगद छुट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

फोर्डले दशैं तिहार लक्षित अफर सार्वजनिक गरिसकेको छ । कम्पनीले सार्वजनिक गरेको आफरमा ग्राहकले निकै राम्रो छुट प्राप्त गर्ने देखिएको छ । फोर्डको आधिकारीक वितरक जिओ फोर्डले बिक्री गर्दै आएको फोर्ड फिगो एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । फिगोको टाइटानियम भेरियन्ट मात्र नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले यसको मूल्य पेट्रोल इन्जिनमा ३० लाख ९९ हजार रुपैयाँ रहेको छ भने डिजल इन्जिनमा ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीले ल्याएको अफर अनुसार ग्राहकले फिगोको खरिदमा ७५ हजार नगद छुट, एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर, २५ हजार लोयल्टी बोनस प्राप्त गर्न सक्ने छन् । डाउन पेमेन्ट बापात ५० प्रतिशत रकम बुझाउने ग्राहकले ६ महिनाको इएमआई होलिडे प्राप्त गर्न सक्ने छन् । कम्पनीले दिने इएमआई होलिडे प्लानमा उक्त अवधिभर लाग्ने व्याज कम्पनीले तिरिदिने छ । ग्राहकले ६ महिनापछिबाट आफ्नो नियमित किस्ता तिर्न सुरु गर्नु पर्ने हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यदि इआएमआई होलिडे ग्राहकले लिन नचाहेका ३ वटा स्क्र्याच कार्ड मार्फत कम्तीमा ७५ हजारदेखि ४ लाख ५० हजारसम्म नगद प्राप्त गर्न सक्ने छन् । कम्पनीले फिगो किन्न ५० प्रतिशत डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकलाई २० प्रतिशत सुरुमा र बाँकी रकम ४ महिना भित्र तिर्नेगरि पनि गाडी उपलब्ध गराउने स्कीम दिएको छ । समग्रमा फिगो किन्न चाहने ग्राहकले कम्तीमा नगद १ लाख ५० हजार रुपैयाँ छुट प्राप्त गर्न सक्ने छन् ।

फिगोमा १।२ लिटर टिआई भिसिटी पेट्रोल इन्जिन दिइएको छ उक्त इन्जिनले ९६ पीएस पावर प्रदान गर्छ भने १।५ लिटर टिडीसिआई डिजल इन्जिनले १०० पीएस पावर प्रदान गर्छ । निकै आकर्षक डिजाइनमा तयार भएको फिगोमा ड्यूल टोन रुफ, स्पोर्टी सेलुलर ग्रिल, १५ इन्च अलोय ह्वील, रियरभ्यू क्यामेरा, ६ एयरव्याग, एबीएस, इबीडी, रेन सेन्सिङ वाइपर, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक हेडल्याम्प, पुस बटम स्टार्टरस्टप जस्ता फिचर उपलब्ध रहेको छ । कम्पनीले फिगोमा ३ वर्षको निःशुल्क सर्भिसिङ, ३ वर्षको वारेन्टी र एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु