फ्रन्टलाइनमा खटिएका आप्रवासीहरुलाई फ्रान्स सरकारले उपहार स्वरुप नागरिकता प्रदान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना महामारी चलिरहेका बेला फ्रन्टलाइनमा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले उपहार स्वरुप नागरिकता प्रदान गर्ने भएको छ । आन्तरिक मन्त्रीले जानकारी दिए अनुसार कोभिड विरुद्धका प्रयासमा मद्दत दिने सबै आप्रवासीहरुले स्थायी नागरिकताका लागि आवेदन दिन सक्छन् । कार्यक्रम अन्र्तगत अहिले ७०० भन्दा धेरै, नयाँ नागरिकता प्राप्त गर्ने अन्तिम चरणमा रहेका छन् जसमा सरसफाइ गर्नेहरुदेखि, पसल चलाउने र स्वास्थ्यकर्मीहरु समावेश छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वव्यापी रुपमै फ्रन्टलाइनमा खटिएका मानिसहरु कोभिडबाट सबैभन्दा बढी बिरामी परेका छन् तर ज्यान जोखिममा पारेर भएपनि उनीहरु आफ्नो काम र जिम्मेवारी पूरा गरिरहेका छन् । बिरामीको उपचारकै क्रममा डाक्टर, नर्स लगायत अनगिन्ती स्वास्थ्यकर्मीहरुको मृत्यु पनि भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकहरुमा फ्रान्स पनि शिर्ष दशमा पर्दछ जहाँ २५ लाख बढी बिरामी छन् भने ६२ हजारको मृत्यु भइसकेको छ । वास्तवमा नागरिकताले पुरस्कृत गर्ने योजनाबारे सेप्टेम्बरमा नै घोषणा गरिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अहिले ७० भन्दा धेरै आप्रवासीहरुले फ्रेन्च पासपोर्ट प्राप्त गरिसकेका छन् भने ६९३ प्रक्रियाको अन्तिम चरणमा छन् । हालसम्म २,८९० ले यसका लागि आवेदन दिएको बताइएको छ । मंगलबार नागरिकता सम्बन्धी मन्त्रीले भनेका हुन् , “स्वास्थ्यकर्मी, सरसफाइ गर्नेहरु, बालबालिकाको रेखदेख गर्ने कर्मचारी, चेकआउटका स्टाफ सबैले यो देशप्रति आफ्नो दायित्व साबित गरेका छन् त्यसैले अब उनीहरुको समर्पण वापद् पुरस्कार दिने पालो हाम्रो हुन्छ । ”

अन्य अवस्थामा नागरिकताका लागि आवेदन दिनेहरु फ्रान्समा कम्तीमा पनि ५ वर्ष बसेको हुनुपर्ने, स्थायी जागिर हुनेपर्ने हुन्छ । तर यो नयाँ कार्यक्रम अन्र्तगत सरकारले फ्रान्समा दुई वर्ष मात्र बसेको भएपनि फ्रन्टलाइनमा खटेकाहरुलाई नागरिकता पाउन योग्य भएको बताएको छ जसले देशलाई संकटको समयमा सेवा गरेर ठूलो उपकार गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु