फ्रेन्च लिग वान फुटबलमा रेनसमाथि पीएसजीले ३-० को विजयी हासिल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रेनसमाथि पीएसजीले ३-० को विजयी हासिल गरेको हो । पार्प डी प्रिन्सेजमा भएको खेलमा एन्जल डी मारियाले दुई गोल गर्दा एक असिस्ट उपलब्ध गराएका थिए । एक गोल भने मोइसे केअनले गरेका थिए । घरेलु मैदानमा भएको खेलमा मोइसे केअनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले खेलको ११औं मिनेटमा डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै २१औं मिनेटमा एन्जल डी मारियाले गोल गरे । उनले हेरेराको पासमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा थप एक गोल पनि उनैले गरे । उनले खेलको ७३औं मिनेटमा गोल गरेका हुन् । डाग्बाको पासमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को सहज जित दिलाए । यस जितसँगै पीएसजीले १० मध्ये आठ खेल जित्दा दुई खेलमा हार व्यहोर्दै २४ अंक जोडेर तालिकाको शीर्ष स्थामा छ । समान खेल खेलेको पराजित रेनेस भने १८ अंकसहित तेस्रो स्थानमा छ । रेनेसले १० खेल खेल्दा पाँच खेलमा जित, तीन बराबरी र दुई खेलमा हार व्यहोरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु