सामसुङले पछिल्लो फ्ल्यागशिप एस सिरिज नेपालमा ल्याउने योजना बनाइरहेको छ । कम्पनीले उक्त मोडलको प्रि(अर्डर २२ जनवरी २०२१ देखि अर्थात् आजदेखि सुरु गर्ने चर्चा अहिले बजारमा भइरहेको छ । सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी एस २१ श्रृंखलाको अनावरण गरिसकेको छ, जसले हालसम्म निर्माण भएका स्मार्टफोनहरुको तुलनामा एक नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको थियो । विश्वभर प्रयोगकर्ताहरुलाई यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएका छन् । उत्कृष्ट क्यामेरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसर सहित बनेको छ यो स्मार्टफोन । विभिन्न रंगमा उपलब्ध यस फोनको डिजाइनले नयाँ स्टाइल सहित एक परिष्कृत रुप प्रदान गरेको छ । सामसुङ नेपालले यस स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताहरुका लागि आकर्षक योजना सहित प्रि(अर्डर घोषणा गर्ने दाबी गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185