कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट सापटी ल्याउने भनिएको रासायनिक युरिया मल त्यहीबाट खरिद गर्ने भएको छ । कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया पैँचो ल्याउन सम्पूर्ण तयारी गरिसकेकामा उताबाट सापटीमा होइन खरिद गरेर लैजाँदा नै राम्रो र सस्तो हुने भनेपछि मन्त्रालयले खरिदका लागि प्रक्रिया सुरु गर्न लागेको हो । खरिद गरेर ल्याउन सस्तो र छिटो आउने भएका हुनाले खरिद गर्ने कि भनी प्रक्रिया सुरु गरेकामा त्यसको अझै टुङ्गो नलागेको मन्त्रालयका निमित्त सचिव योगेन्द्र कार्कीले बताए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग युरिया मल पैँचो लिने विषयमा कुरा गरिसकेपछि मन्त्रिपरिषद्ले पनि कृषि मन्त्रालयलाई पैँचो नै ल्याउन सहमति दिएको थियो । सहमति दिएपछि कृषि मन्त्रालयले त्यसको जानकारीसहितको पत्र बङ्गलादेशलाई पठाएको थियो तर उताबाट पैँचो दिन पनि तयार रहेको तर खरिद गर्दा नै राम्रो हुने आशयको पत्र पठाएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको भनाई छ । त्यसपछि पनि आफूहरूले सरकारले पैँचो लिने निर्णय गरिसकेका हुनाले पैँचो नै लिने भनी पुनः पत्र नै पठाएको तर उताबाट फेरि खरिद गर्दा नै राम्रो र कम झन्झटिलो हुने भन्ने आशयको पत्र पठाएपछि आफूहरूले खरिदका लागि प्रक्रिया अगाडि बढाएको उनल बताएको आजको गेरखापत्र दैनिकमा खवर छ ।



JUNGLE






from the
city


