काठमाण्डौ । भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ जहाँ एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निलेका छन् । करेसाबारीमा खेलीरहेको अवस्थामा उक्त बच्चाले सर्प निलेको हो । बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतपत हेरिन् । जब उनले त्यो वस्तुलाई बाहिर निकालिन् तब उक्त वस्तु त सर्पको बच्चा भएको थाहा पाइन् । उनले छोरालाई तत्काल अस्पताल पुर्याइन् । उक्त सर्पलाइ बच्चाले टोकेर दुइ टुक्रा बनाएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बच्चाका पिता धर्मपाल एक किसान हुन् । उनी आफ्ना एक वर्षका छोरा देभेन्द्र र ६ इन्च लामो मरेको सर्पको बच्चा लिएर अस्पताल पुगे । धर्मपालले इमर्जेन्सी स्वास्थ्य अधिकारी डा. हरिश चन्द्रलाई उनको छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चालाई टेबलमा राखिदिए । डाक्टरले तत्काल यो सूचना फिजिसियन डाक्टर एएम अग्रवाललाई जानकारी दिए । त्यसपछि बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो । डाक्टरका अनुसार त्यो सानो सर्प करेतको बच्चा हो, जुन असाध्यै विषालु हुन्छ । समयमै उपचारका कारण बच्चा खतरामुक्त रहेको टाइम्स अफ इन्डियाले लेखेको छ ।