बजाज डोमिनार २५० को तिहारपछि मात्र बिक्री सुरु हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

बजाज मोटरसाइकलको उत्पादन डोमिनार २५० को दशैंअघि हुने भनिएको सार्वजनिक कार्यक्रम पर धकेलिएको छ । कम्पनीले यसलाई अब तिहारपछि बिक्री सुरु गर्ने भएको हो । लामो लकडाउन र त्यसपछि पनि कोभिड १९को असर सबै तिर रहेकाले तत्काल नयाँ मोडलको एसेम्बलिङमा काम गर्न नभ्याइएको कम्पनी स्रोतले जनाएको छ । ‘हामी दशैंअघि नै यसलाई बजारमा ल्याउन चाहन्थ्यौं । तर, उत्पादन समयमा हुन नसक्दा केहि ढिला भएको छ । संभवत तिहार लगत्तै यसलाई बजारमा ल्याउने छौं’, कम्पनी स्रोतले भन्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

२५० सीसी सेग्मेन्टमा आउन लागेको यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३।५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु