बलिउड फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ। सन् २०१४ को चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने तयारी भइरहेको फिल्मका निर्माता विधु विनोद चोपडाले भारतीय अखबार पिंकभिल्लालाई जानकारी गराएका हुन्। ६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्माले अभिनय रहेको थियो। फिल्ममा आमिर ‘एलियन’को भूमिकामा थिए। यसको सिक्वेलमा भने अभिनेता रनवीर कपुर मुख्य भूमिकामा देखिने बताइएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पिकेको अन्त्यमा ‘एलियन’ आमिर जुन ग्रहबाट आएका थिए, त्यहीँ फर्केको देखाइएको थियो। सोही बेला रनवीर कपुर नयाँ ‘एलियन’ पृथ्वीमा झरेको देखाइएको थियो। अब बन्ने सिक्वेलमा रनवीरको कथा समेट्ने निर्माता विधु विनोदले बताएका छन्। यद्यपि उनका अनुसार पटकथा लेखक अभिजित जोशीले अझैसम्म पटकथा लेखेका भने छैनन्। दिवंगत अभिनेता सुशान्तसिंह राजपुत, बोमन इरानी र संजय दत्तको पनि अभिनय रहेको ‘पिके’ का निर्देशक राजकुमार हिरानी हुन्।



JUNGLE






from the
city


