बम्बे हाइकोर्टले कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ । अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् । बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा भत्काइदिएको थियो । निर्णय सुनाउँदै दुई न्यायाधीसको खण्डपीडले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् । उनले बीएमसीले जुन कारवाही गरेको छ त्यो कारवाही अनाधिकृत भएकोमा थोरै पनि शंका नभएको बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कंगनाले याचिकामा बीएमसीसँग दुई करोड भारुको जरिवाना पनि मागेको थियो । अदालतले यसबारे आफूले हिसाब गर्नका लागि कसैलाई नियुक्त गर्ने र अर्को वर्षको मार्च महिनासम्म यसबारे आदेश जारी गर्ने बताएको छ । बीएमसीले कंगना रनौतको बंगलाको एक भाग त्यतिबेला भत्काएको थियो जसमा उनी अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे अनुसन्धानका लागि महाराष्ट्र सरकारमाथि लगातार तिखो हमला गरिरहेकी थिइन् । यतिमात्रै होइन, कंगना र शिवसेना सांसद संजय राउतबची पनि यो विषयमा ठूलै विवाद भएको थियो । यस्तोमा बीएमसीले कंगनाको अफिस भत्काउने निर्णयलाई राजनीतिक द्वेषले प्रेरित बताएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु