बर्दिवासमा स्थानीयहरूको प्रदर्शन, प्रहरीको गोली लागेर तीन घाइते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अरुणकुमार साहमाथि कारबाहीको माग गर्दै बर्दिवासमा स्थानीयहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीको भिडलाई तितरवितर गर्न प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका छन । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा सञ्जयको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेकोले बर्दिवासको पिनाकल हस्पिटलमा भइरहेको छ । त्यस्तै प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा श्याम र अफताब घाइते भएका हुन्, उनीहरूको बर्दिवासको शुभ स्वस्तिकमा उपचार भइरहेको छ । मङ्गलबार बिहानैदेखि भएको प्रदर्शनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बालिका हत्याको आरोप लागेकालाई कारबाहीको माग गर्दै स्थानीयले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन पहिले अश्रुग्यास प्रहार गरिएको र स्थिति साम्य नहुँदा प्रहरीले हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईँले जानकारी दिनुभयो । अहिले प्रदर्शन स्थलमा भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

आरोपीका घरमा आगजनी
बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका अरुणकुमार साहको घरमा आक्रोशितत बनेका स्थानीयहरूले आगजनी गरेका छन् । शहीद आलमकी छोरी गुलाब साह खातुनको हत्या आरोपमा पक्राउ परेका २५ वर्षीय साहको घरमा ढुङ्गामुढा गर्दै स्थानीयले आगो लगाएका हुन् । आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाबको हत्या गरी बोरामा राखेर फालेको अवस्थामा प्रहरीले मध्यरातमा शव भेटेको थियो । पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बालिकाको शव फेला परेपछि बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग बन्द गरेर बर्दिबासमा प्रदर्शन भइरहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु