बर्षाले ५५ बढी जिल्लाको जनजीवन प्रभावित, आजबाट बर्षा कम हुँदै जाने ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशभरीका ५५ भन्दा भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ । पहाडका ठाउँ ठाउँमा पहिरो गएको छ । तराई क्षेत्र डुवानमा परेको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध हुँदा यात्रा गर्न असहज भएको छ । अझै पनि ६० भन्दा बढी ठाउँमा पहिरोले बाटो रोकिएको छ ।
यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसत भन्दा बढी वर्षा भएको छ । तर आजदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु कुमार वैद्यले आजबाट पश्चिममा वर्षा कम हुँदै गएपनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने जानकारी दिए । साउन चार गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि रहेकोले देशभर मध्यमदेखि भारी वर्षा भइरहेको पनि वैद्यले बताए ।
यसैबीच, विभागको मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक रहेको अवस्था छ । विभागले आज बिहान निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु